PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

एसिसी इमर्जिङ टिम्स एसिया कप : नेपालले भारतसँग खेल्दै



पहिलोपोस्ट

एसिसी इमर्जिङ टिम्स एसिया कप : नेपालले भारतसँग खेल्दै

बंगलादेशमा आजबाट सुरु हुने एसिसी इमर्जिङ टिम एसिया कपमा नेपालले आज बलियो प्रतिद्वन्दी भारतसँग प्रतिस्पर्धा गर्दैछ।

खेल नेपाली समय अनुसार पौने ९ बजे सुरु हुनेछ।

प्रतियोगितामा नेपालका मुख्य दुइ खेलाडी पारस खड्का र सन्दीप लामिछानेले सहभागी हुने छैन्। दुवै खेलाडी युएईमा हुने टी१० लिगमा सहभागी हुनेछन्।

नेपाल प्रतियोगिताको समूह 'बी' मा रहेको छ। समूह 'बी' मा नेपालसँगै भारत, बंगलादेश र हङकङ छन्।

त्यस्तै समूह 'ए' मा श्रीलंका, पाकिस्तान, ओमान र अफगानिस्तान रहेका छन्। टेस्ट राष्ट्रका भने यू-२३ टिम प्रतियोगितामा सहभागी हुने छन्।

नेपालले ३० गते हङकङ र मङ्सिर २ गते बंगलादेशसँग खेल्नेछ।

आजै हुने अरु खेलमा बंगलादेश र हङकङ, पाकिस्तान र अफगानिस्तान र श्रीलंका र ओमन भिड्नेछन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell