एभिसी सेन्ट्रलजोन वुमेन्स भलिबलको फाइनलमा आज नेपालले माल्दिभ्सको सामना गर्दैछ।
प्रतियोगितामा सबै टिमलाई सोझो सेटमा हराएको नेपाल अपराजित छ भने माल्दिभ्स बुधबारको खेलमा नेपालसँग पराजित भएको थियो।
नेपालले यसअघि पहिलो खेलमा अफगानिस्तान, दोस्रो खेलमा कीर्गिस्तान, तेस्रो खेलमा बंगलादेश र चौथो खेलमा माल्दिभ्सलाई पराजित गरेको थियो।
बंगलादेश र नेपाल बीचको खेल ढाकास्थित शहीद सुहरावर्दी इन्डोर स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ।