PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

एसिसी इमर्जिङ टिम्स एसिया कप : नेपाल भारतविरुद्ध ब्याटिङमा



पहिलोपोस्ट

एसिसी इमर्जिङ टिम्स एसिया कप : नेपाल भारतविरुद्ध ब्याटिङमा

बंगलादेशमा आजबाट सुरुभएको एसिसी इमर्जिङ टिम्स एसिया कपमा भारतले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएको छ।

एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले पहिलो खेलमा बलियो प्रतिद्वन्दी भारतको सामना गर्न लागेको हो। नेपाली टिमका महत्वपूर्ण खेलाडी पारस खड्का र सन्दीप लामिछाने प्रतियोगितामा सहभागी छैन्। दुवै खेलाडी युएईमा हुने टी१० लिगमा सहभागी हुनेछन्।

आजै हुने अरु खेलमा बंगलादेश र हङकङ, पाकिस्तान र अफगानिस्तान तथा श्रीलंका र ओमन भिड्दैछन्।

नेपालको प्लेइङ ११

ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी, शरद भेषवकर, सोमपाल कामी, करण केसी, बिनोद भण्डारी, ललितनारायण राजवंशी, पवन सरार्फ, सुसन भारी, आरिफ शेख र कुशल भुर्तेल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell