PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सीमा मिचेको भन्दै ठमेलमा चीनविरुद्ध प्रदर्शन



पहिलोपोस्ट

सीमा मिचेको भन्दै ठमेलमा चीनविरुद्ध प्रदर्शन

काठमाडौंः बुधबार दिउँसो काठमाडौंको ठमेलमा केही व्यक्तिहरुले चीनविरुद्ध मौन प्रदर्शन गरेका छन्। चीनले सीमा मिचेको आरोप लगाउँदै उनीहरुले ठमेल क्षेत्रमा प्रदर्शन गरेका हुन्। चिनियाँले सीमामात्र हैन व्यवसायमासमेत हस्तक्षेप गरेको उनीहरुको आरोप छ।

स्वतन्त्र नागरिक समूहको नाममा 'प्ले कार्ड' बोकेका उनीहरुले सर्वभौम नेपालको उत्तरी खण्डमा चिनियाँ अतिक्रमण बढेको भन्दै प्रदर्शन गरेका हुन्।

चीनले नेपालको चार उत्तरी जिल्लाको सीमामा रहेको उक्त ३६ हेक्टर भूभाग मिचेको उनीहरुले दाबी गरेका छन्।

नापी शाखाले जारी गरेको चीनसँग देखिएका सीमा समस्याको प्रमाणको  आधारमा विरोध गरेको उनीहरुले बताए।

नोट : कृषि मन्त्रालयको नापी शाखाको रिपोर्ट भन्दै उनीहरुले दाबी गरे पनि परराष्ट्र मन्त्रालयले गलत भएको विज्ञप्ति जारी गरेकाले सो रिपोर्ट यस समाचारबाट हटाइएको छ। सं‌. 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell