PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

रुप ज्योति प्रकरणमा नयाँ ट्विष्टः पैसा पाएको भन्दै मल्लले सरकारी वकिलसमक्ष दिए निवेदन



पहिलोपोस्ट

रुप ज्योति प्रकरणमा नयाँ ट्विष्टः पैसा पाएको भन्दै मल्लले सरकारी वकिलसमक्ष दिए निवेदन

टिकाराम ढकाल/पहिलोपोस्ट

काठमाडौं: ठगी अभियोगमा पक्राउ परेका पूर्व राज्यमन्त्री एवं चर्चित व्यवसायी डा. रुप ज्योतिको अनुसन्धान फाइल प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको छ।

बुधबार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौंले फाइल सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको परिसरका प्रवक्ता डिएसपी होविन्द्र वोगटीले जानकारी दिए।

'सरकारी वकिल कार्यालयमा फाइल पठाइसकेका छौं' व्यवसायी रुप ज्योति र छोरी सुरुचि ज्योतिविरुद्ध हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले आइतबार दिएको पाँच दिनको म्याद आजसम्म छ।

यता सरकारी वकिल कार्यालयका सूचना अधिकारी नुमराज खनालले पीडित मल्ले आफूले रकम पाएको भन्दै निवेदन दिएको बताए। खनालले भने, 'पीडितले रकम पाएको भन्ने निवेदन दिएको जानकारीमा आएको छ। प्रहरी प्रतिवेदनको अध्ययन र निर्णय हामीले गरिसकेका छैनौँ। सम्भवतः आज मुद्दा जाँदैन।'

मल्लले भने आफूले रकम फिर्ता पाउने शर्तमा मिल्न तयार भएको बताए। उनले भने 'उहाँले क्षतिपूर्तिसहित रकम दिन तयार हुनुभएको छ। मलाई क्षतिपूर्तिसहित रकम दिए मुद्दा फिर्ता लिन तयार छु।'

अध्यक्ष रुप ज्योतिलाई गत बिहबार अन्तर्राष्ट्रिय विमानस्थलबाट छोरी सुरुचिसहित प्रहरीले पक्राउ गरेको थियो। ज्योतिका दाजु पद्म ज्योतिलाई पनि अदालतले पक्राउ गर्न अनुमति दिएको थियो।

ज्योतिले एक करोड २६ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीमा जाहेरी परेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell