PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

बंगलादेशका राष्ट्रपति हमिद पोखरामा, फेवातालमा डुंगा सयर



पहिलोपोस्ट

बंगलादेशका राष्ट्रपति हमिद पोखरामा, फेवातालमा डुंगा सयर
फोटो: RSS

नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद पोखरा पुगेका छन्। हेलिकप्टरबाट पोखरा विमानस्थल पुगेका हमिदलाई गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनका साथै गण्डकी प्रदेशका मन्त्रीहरुले स्वागत गरेका थिए।

विमानस्थलबाट लेकसाइड स्थित फिसटेल लजमा पुगेर हमिद फेवाताल पुगेका थिए। फेवातालमा उनले डुंगा सयर गरेका थिए।

राष्ट्रपति हमिदको फेवातालमा जलविहार सम्पन्न भएपछि उनको सम्मानमा फिस्टेल होटलमा दिवाभोजको आयोजना गरिनेछ। उक्त दिवाभोजमा गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, कार्यबाहक मुख्यमन्त्री किरण गुरुङ, प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारी, प्रदेशसभाका प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, सांसद खगराज अधिकारीलगायतको सहभागिता रहनेछ।

त्यसपछि, राष्ट्रपति हमिद रुपाकोट पुगेर पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्ने कार्यक्रम रहेको छ। हमिद आजै काठमाडौं फर्किनेछन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell