PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

यसरी मनाँउदै छन् दीपिका र रणवीरले पहिलो बिहे 'एनिभर्सरी'



पहिलोपोस्ट

यसरी मनाँउदै छन् दीपिका र रणवीरले पहिलो बिहे 'एनिभर्सरी'
फोटो : webdunia.com ।

मुम्बई : गत वर्ष नोभेम्बर १४ मा विवाह बन्धनमा बाँधिएका बलिउड 'क्युट कपल' दीपिका पादुकोण र रणवीर सिंहको आज पहिलो विवाह एनिभर्सरी हो। तर उनीहरु आफ्नो पहिलो एनिभर्सरी भव्य तरिकाले नभएर केही फरक तरिकाले मनाँउदै छन्। 

दीपवीर मठमन्दिरहरु घुमेर पहिलो एनिभर्सरी मनाँउने योजनामा रहेको छन्। भारतीय मिडियामा उल्लेख गरिएअनुसार उनीहरु १४ नोभेम्बरमा सबै परिवारसँग तिरुपति बालजी मन्दिर र पधावती मन्दिरमा दर्शन गर्नेछन्। त्यसपछि १५ नोभेम्बरमा अमृतसारको स्वर्णिम मन्दिरको लागि निस्किने योजनामा रहेका छन्। 

पहिलो एनिभर्सरीलाई लिएर रणवीर र दीपिका निकै उत्साहित छन्। दीपिकाले आफ्नो इन्स्टाग्राम स्टोरीमा एनिभर्सरीको तयारी गर्दै गरेको एउटा तस्विर सार्वजनिक गरेकी छिन्। जसमा रणवीरको तस्विर सेयर गर्दै क्याप्सनमा लेखेकी छिन्, 'पहिलो एनिभर्सरीको तयारी शुरु....।' उक्त तस्विरमा रणवीरले फेस प्याक लगाएका छन्।

६ वर्ष लामो प्रेम सम्बन्धपछि 'दीपवीर'ले गतवर्ष इटालीको लेक कोमोमा पारिवारिक जमघटकाबीच विवाह गरेका थिए। उनीहरु फिल्म 'राम लिला'को सुटिङको दौरान नजिकिएको चर्चा भारतीय मिडियामा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell