PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

एभिसी सेन्ट्रलजोन वुमन्स भलिबलको उपाधि नेपाललाई, प्रतियोगिताभर सोझो सेटमा जीत



पहिलोपोस्ट

एभिसी सेन्ट्रलजोन वुमन्स भलिबलको उपाधि नेपाललाई, प्रतियोगिताभर सोझो सेटमा जीत

काठमाडौं : बंगलादेशको ढाकामा जारी एभिसी सेन्ट्रलजोन वुमन्स भलिबलको उपाधि नेपालले हात पारेको छ। आज भएको फाइनल खेलमा माल्दिभ्समाथि सोझो सेटमा जित निकाल्दै  नेपालले उपाधि जितेको हो। 

पहिलो सेटमा २५/१३ ले अघि रहेको नेपालले माल्दिभ्सलाई दोस्रो सेटमा २५/१२ ले र तेस्रो सेटमा २५/८ ले पराजित गरेको हो।

प्रतियोगिताभर अपराजित नेपालले सबै टोलीलाई सोझो सेटमा हराएको थियो। सेन्ट्रलजोन वुमन्स भलिबलको उपाधि नेपालको लागि ऐतिहासिक हो। यसअघि नेपाली महिला भलिबल टोलीले सबैभन्दा ठूलो उपाधि  २०१४ मा दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा पाएको रजत पदक थियो।

यही प्रतियोगिताको पहिलो खेलमा अफगानिस्तानलाई ४–२५, ६–२५ र ९–२५ को सोझो सेटमा हराएको नेपालले दोस्रो खेलमा कीर्गिस्तानलाई १५–२५, १९–२५ र २०–२५ को सोझो सेटमा हराएको थियो। त्यस्तै तेस्रो खेलमा आयोजक बंगलादेशलाई ७–२५, ६–२५ र ६–२५ कै सेटमा पराजित गर्न नेपाल सफल रह्‍यो। 

नेपालले माल्दिभ्सलाई बुधबार पनि १४–२५, ५–२५ र १३–२५ को सेटमा हराएको थियो।

आजै भएको अर्को खेलमा कीर्गिस्तानले आयोजक बंगलादेशलाई हराउँदै तेस्रो स्थान सुरक्षित गरेको छ। कीर्गिस्तानले ३–० को सोझो सेटमा हराएको हो। समूह चरणमा भने बंगलादेशले कीर्गिस्तानलाई ३–२ को सेटमा हराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell