PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

राजपासँग पार्टी एकताका लागि गम्भीर छलफल : समाजवादी पार्टी



पहिलोपोस्ट

राजपासँग पार्टी एकताका लागि गम्भीर छलफल : समाजवादी पार्टी
फाइल फोटो।

काठमाडौं : सत्तारुढ समाजवादी पार्टी नेपालले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)सँग एकताका लागी गम्भीर छलफल भइरहेको बताएको छ।

समाजवादीले संघीय परिषद्को बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा राजपासँग आफ्ना एजेण्डाहरु मिल्ने भएकाले एकता छलफल भइरहेको उल्लेख छ।

राजपा राष्ट्रिय पहिचान र अधिकारको पक्षधर लोकतान्त्रिक दल भएको समाजवादीको ठहर छ। 

'यो दलसँग हाम्रा धेरै एजेण्डाहरु मिल्छन्। यस पार्टीसँग एकताका निम्ति केही समय देखि गंभिर छलफल भइरहेको छ। यो एकता प्रयासलाई यथासम्भव छिटो तार्किक निष्कर्षमा पुर्‍याउने प्रयत्न गर्नु पर्दछ,' प्रतिवेदनमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell