PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

बारागढिको वडाध्यक्षमा सिके राउतको पार्टीसहित ९ जनाको मनोनयन दर्ता



राधेश्याम पटेल

बारागढिको वडाध्यक्षमा सिके राउतको पार्टीसहित ९ जनाको मनोनयन दर्ता

वीरगंज : बाराको बारागढि गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षका लागि ९ जनाले मनोनयन दर्ता गराएका छन्। आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको लागि सिके राउतको जनमत पार्टीसहित ९ जनाले मनोनयन दर्ता गराएका हुन्।

रिक्त पदको लागि उम्मेद्वारी दर्ता गराउने पार्टीका नेता, कार्यकर्ताहरुले तामझामका साथ मनोनयन दर्ता गराएका हुन्। जिल्ला निर्वाचन कार्यालय बाराका निर्वाचन अधिकृत मनिष कुमार साहका अनुसार सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा)बाट शंकरप्रसाद चौधरी, समाजवादी पार्टीबाट सुरेश चौधरी, राष्ट्रिय जनता पार्टी (राजपा)बाट बैधनाथ चौधरी र नेपाली कांग्रेसले दिवंगत चौधरीकी पत्नी तस्विरीया थरूनीले उम्मेद्वारी दिएका छन्। 

नेपाल जनता पार्टीका वीरेन्द्रप्रसाद राय थारू, नेपाल लोकतान्त्रिक पार्टीका विहारी साह तेली, सिके राउत नेतृत्वको जनमत पार्टीका शंकरप्रसाद चौधरी, राप्रपा (संयुक्त) रामपति देवी र स्वतन्त्रबाट नरेश पासवानले मनोनय दर्ता गराएका छन्।

राजनीतिक कार्यक्रममा बालबालिका प्रयोग गर्न नपाइने भए पनि बारागढीमा बालबालिकाले समेत पार्टीका झण्डा बोकेको देखिएको थियो। वडाध्यक्ष नन्दला राय थारूको मृत्यु भएपछि वडा अध्यक्ष पद एक वर्षदेखि रिक्त छ। नेपाली कांग्रेसबाट निर्वाचित उनको २०७५ मंसिर १४ मा मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell