
काठमाडौं : दक्षिण एसियाली खेलकुद (साग)का लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक उमेश पटवालले ज्ञानेन्द्र मल्लको कप्तानीमा साग खेल्ने टोलीको घोषणा गरेका हुन्।
टोलीमा दिपेन्द्र सिंह ऐरी उपकप्तान रहने छन्। सो टोलीमा पारस खड्का र सन्दीप लामिछाने पनि परेका छन्। बंगलादेशमा जारी इमर्जिङ कपमा टी-१० लिगको कारण सहभागिता नजनाएका खड्का र लामिछानेले सागमा भने सहभागिता जनाउने भएका हुन्।
त्यस्तै टोलीमा करन केसी, सोमपाल कामी, विनोद भण्डारी, अविनाश बोहोरा, सुशन भारी, कुशल भुर्तेल, सन्दीप झोरा, मोहम्मद अरिफ शेख, पवन सर्राफ, ललित नारायण राजवंशी र रासिद खान रहेका छन्।
रोहित कुमार पौडेल, भीम सार्की र सागर ढकाल रिजर्भ प्लेयरको रुपमा छन्।
सागका खेलहरु १ देखि १० डिसेम्बरसम्म नेपालमा हुँदैछ। नेपाली टोली अहिले बंगलादेशमा इमर्जिङ कप खेलिरहेको छ।