PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, आठ जना घाइते



रासस

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, आठ जना घाइते

सल्यान : जीप दुर्घटनामा दुई जनाको मुत्यु भएको छ। त्रिवेणी गाउँपालिकाको फलावाङबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ झ ४३२ नम्बर को जीप बडाखोलामा दुर्घटना भएको हो। दुर्घटनामा आठ जना घाइते भएका छन्।

गम्भीर घाइते त्रिवेणी गाउँपालिका–४ फलावाङका ६० वर्षीया कृष्णदेवी परियार र सोही ठाउँका ५९ वर्षीया यज्ञी थापाको उपचारको क्रममा प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घाइते हुनेमा जीप चालक फलावाङका २८ वर्षीय सन्दीप परियार, सोही ठाउँका २३ वर्षीया रीता रावत, ८ वर्षीया ज्योति रावत, २३ वर्षीया मोती रावत, ५५ वर्षीया सावित्रा खत्री, २२ वर्षीया तारा थापा, २१ वर्षीया राधा बोहरा र दाङको तुलसीपुर उपमहानगरपालिकाकी २८ वर्षीया दिला बुढा छन्। घाइतेको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell