PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिप जित्ने टोलीलाई उपराष्ट्रपतिको बधाई



पहिलोपोस्ट

एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिप जित्ने टोलीलाई उपराष्ट्रपतिको बधाई

काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले एभिसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधी जित्ने नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई बधाई दिएका छन्।

उपराष्ट्रपति पुनले नेपालको भलिबल खेलमा ईतिहास बनाएकोमा खुशी व्यक्त गर्दै नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई बधाई दिएका हुन्। उनले भलिबलमा देशले पहिलो उपाधी जितेको अवसरमा राष्ट्रिय महिला भलिबल टोली, प्रशिक्षक, नेपाली खेलाडीहरु र सम्पूर्ण नेपालीहरुलाई बधाई दिएका छन्।

उपराष्ट्रपति पुनले प्रतियोगिताको उत्कृष्ट स्पाइकर चुनिएकी प्रतिभा माली र व्यक्तिगत रुपमा उत्कृष्ट प्रदर्शन गर्ने सबै खेलाडीहरुलाई पनि बधाईसहित धन्यवाद दिएका छन्।

उनले सिमित स्रोत साधनका बाबजुद राष्ट्रिय महिला भलिबल टिमले उत्कृष्ट प्रदर्शन गरेर नेपालीहरुलाई खुशी दिनु राष्ट्रकै गौरव र प्रतिष्ठा भएको बताएका छन्। साथै, निकट भविष्यमा घरेलु मैदानमा आयोजना हुने दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगितामा नेपालले भलिबल लगायत सबै विधामा उत्कृष्ट प्रदर्शनसहित उपाधी जित्ने विश्वास व्यक्त गरे।

पुनले खेलकूदको विकासका लागि सुविधा सम्पन्न खेलमैदान निर्माण गर्नुका साथै लगानी बृद्धि गर्न सबै पक्षको ध्यानाकर्षण गराएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell