PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अन्तत: अमेरिका उडे प्रदेश २ का मुख्यमन्त्री राउत, यसअघि 'अनुपयुक्त' भन्दै रोकेको थियो सरकारले 



राधेश्याम पटेल

अन्तत: अमेरिका उडे प्रदेश २ का मुख्यमन्त्री राउत, यसअघि 'अनुपयुक्त' भन्दै रोकेको थियो सरकारले 
फाइल फोटो

वीरगंज: प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउत एक साताको लागि अमेरिका प्रस्थान गरेका छन्। राउत बुधवार अपरान्ह ४:३५ को कतार एयरलाइन्सको विमानबाट दोहा हुँदै अमेरिका उडेको गएको उनका स्वकीय सचिव दिपक यादवले जानकारी दिए। एसोसिएन अफ नेपाली तराइन इन अमेरिका नामक संगठनको सधारण सभाको प्रमुख अतिथिको रुपमा उनी अमेरिका प्रस्थान गरेका हुन्। 

उनका साथमा प्रदेश २ का मुख्यन्याधीवक्ता दीपेन्द्र झा पनि गएका छन्। मुख्यमन्त्री राउत कात्तिक ३० गते हुने सभा सकेर मसिंर ५ गते स्वदेश फर्किने कार्यक्रम रहेको स्वकीय सचिव यादवले बताए। प्रदेश २ ले उनको अमेरिका भ्रमणको लागि केन्द्र सरकारसँग स्वीकृति लिएको बताइएको छ।

पाँच महिना अघि सरकारले रोकेको थियो उनको भ्रमण

यसअघि गत जेठमा संघीय सरकारले मुख्यमन्त्री राउतको अमेरिका भ्रमणलाई 'अनुपयुक्त' भन्दै रोक्ने निर्णय गरेको थियो। 

मन्त्रिपरिषद्ले मुख्यमन्त्री राउतलाई अमेरिका भ्रमणमा पठाउन प्रस्ताव संघीय सरकारलाई पठाएको थियो। 

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले सोही संस्थाको निमन्त्रणा आएको जनाउँदै त्यतिबेला अनुपयुक्त देखिएको पत्रकार सम्मेलनमा बताएका थिए।

मन्त्रिपरिषद्को बैठकको निर्णय सुनाउँदै प्रवक्ता बाँस्कोटाले भनेका थिए , 'जनरल कन्भेन्सन अफ मधेसी एसोसिएसन इन अमेरिका भन्ने एनजिओको निम्तामा दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई भ्रमणमा पठाउन प्रदेश मन्त्रिपरिषद्को प्रस्ताव आएकोमा अहिले प्रदेशभित्रै आर्थिक वर्ष २०७५/७६ को  नीति, बजेट निर्माण तथा कार्यक्रम लगायतका संगठनात्मक संरचनाका महत्वपूर्ण कामहरु गर्नुपर्ने समय परेकोले जान अनुपयुक्त देखिएको टुंगो गरिएको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell