PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

फ्राइडे रिलिज : दुई नेपाली र दुई विदेशी फिल्म पर्दामा



पहिलोपोस्ट

फ्राइडे रिलिज : दुई नेपाली र दुई विदेशी फिल्म पर्दामा

काठमाडौं : यो साता फ्राइडे रिलिज अन्तर्गत दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन्। ‘मिस्टर नेपाली’ र ‘सम्हाली राख है’ एकसाथ रिलिज भएका हुन्। दुबै फिल्मले सिंगल स्क्रिनमा सो पाएका छन्।

साथै मिस्टर नेपालीको भने मल्टिप्लेक्समा केही सो छन्। राष्ट्रियता र प्रेमको कथा समेट्ने भनिएको फिल्मको निर्देशक देव भुसालले गरेका हुन्। भुसालकै लेखन तथा पटकथा रहेको फिल्मलाई नीरज कँडेलले खिचेका हुन्।

कलाकारहरु भुवन केसी, रीमा विश्वकर्मा साहिल श्रेष्ठ, कुसुम राउत, रवि डंगोल, बिष्णु सापकोटा, कमलमणि नेपाल लगायतको अभिनय रहेको छ।

फिल्म ‘सम्हाली राख’लाई तारा शंकरले निर्देशन गरेका हुन्। त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा शीतल केसीको मुख्य अभिनय रहेको छ।

बलिउडतर्फ भने ‘मरजावान’ रिलिज भयो। रोमान्टिक एक्सन फिल्मलाई मिलाप जाभेरीले निर्देशन गरेका हुन्। रितेश देशमुख, सिद्धार्थ मल्होत्रा, तारा सुतरीया र रकुल प्रीतको मुख्य अभिनय रहेको छ।

हलिउडका लागि ‘चार्लिज एन्जल्स’ प्रदर्शनमा आएको हो। अमेरिकन एक्सन कमेडी फिल्मलाई एलिजाबेथ ब्यांसले निर्देशन गरेका हुन्। फिल्ममा पटकथा पनि उनकै रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell