PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

यूरो क्वालिफार्सः इंग्ल्याण्ड र पोर्चुगलको जीत, ह्यारी केन र रोनाल्डोको ह्याट्रिक



पहिलोपोस्ट

यूरो क्वालिफार्सः इंग्ल्याण्ड र पोर्चुगलको जीत, ह्यारी केन र रोनाल्डोको ह्याट्रिक

यूरो क्वालिफार्स अन्तर्गतको गएराति भएको खेलमा ह्यारी केनको ह्याट्रिकमा इंग्ल्याण्डले मोन्टेनेग्रोलाई ७-० गोलको फराकिलो अन्तरले हराएको छ। खेलको ११औं मिनेटमा अक्सलेड चेम्बरलेनको गोलबाट अग्रता बनाएको इंग्ल्याण्डका लागि ह्यारी केनले १८, २४ र ३७ औं मिनेटमा गोल गरे। त्यस्तै रासफोर्डले ३० औं मिनेटामा गोल गरे।

पहिलो हाफमा ५–० ले अगाडि रहेको इंग्ल्याण्डले दोस्रो हाफमा २ गोल थप्यो। ६६औं मिनेटमा मोन्टेनेग्रोका सोफ्र्यानकले आत्मघाती गोल गरेका थिए भने ८४ औं मिनेटमा अब्राहमले १ गोल थपेका थिए। जितसँगै इंग्ल्याण्ड युरोकपमा छनोट भएको छ।

त्यस्तै गएराति नै भएको अर्को खेलमा पोर्चुगलले लिथुवानियालाई ६–० ले हराएको छ। पोर्चुगलको जितमा रोनाल्डोले ७, २२ र ६५ औं मिनेटमा गोल गरेका थिए।

त्यसबाहेक पिज्जी,गोन्कालो र बर्नान्डो सिल्भाले समान १/१ गोल गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell