PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

‘विप्लव’ समूहका जाजरकोट इञ्चार्ज पक्राउ



रासस

‘विप्लव’ समूहका जाजरकोट इञ्चार्ज पक्राउ

जाजरकोट : नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जाजरकोट इञ्चार्ज प्रेमप्रकाश ओली (धमिल)लाई प्रहरीले पक्राउ गरेको छ। ओली गएराति बाँकेको कोहलपुरबाट पक्राउ परेको प्रहरीले बताएको छ।

नलगाड नगरपालिकाको रघुनाथमा घर भई पूर्वमाओवादी लडाकुसमेत रहेका ओली गएराति कोहलपुरबाट पक्राउ परेका हुन्। उनलाई चन्दा आतंक, एनसेल टावर आक्रमण र वडा कार्यालयमा आगजानी गरेको आरोप लागेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell