
काठमाडौं : नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले कुवेतसँग हुने खेलका लागि नेपाली टोलीको घोषणा गरेका छन्। मंसिर ३ गते भुटानमा हुने खेल कतार विश्वकप २०२२ तथा एसिया कप चिन २०२३ को छनोट चरण अन्तर्गतको नेपालको 'होम गेम' हो।
नेपालको दशरथ रंगशालामा खेल हुने बताइए पनि अन्तिम समयमा एसियन फुटबल कन्फिडरेसन (एएफसी) ले दशरथ रंगशालामा खेल खेलाउन अस्वीकृत गरेको थियो। त्यससँगै नेपालले खेल भुटानमा गराउन प्रस्ताव गरेको थियो।
कुवेतको एएफसीमा लबिङको बाबजुद एएफसीले भुटानमा खेल खेलाउन स्वीकृति दिएको थियो। नेपाल यसअघि खेलेका 'अवे गेम' मा चाइनिज ताइपेइ बाहेक अरु देश सँग पराजित भएको थियो। त्यस्तै यसअघि कुवेतसँग ७–० ले पराजित भएको थियो।
विश्वकप छनोटको दोस्रो चरणमा नेपाल समूह बी 'मा' छ। समूह 'बी' मा नेपालसहित अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेइ रहेका छन्।
नेपाली टिम
गोलकिपर : किरणकुमार चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ
डिफेन्डर : सरोज दहाल, देवेन्द्र तामाङ, अनन्त तामाङ, सुमन अर्याल, दिनेश राजबंशी, अजित भण्डारी, रञ्जित धिमाल,
मिडफिल्डर : सुनिल बल, अञ्जन विष्ट, विक्रम लामा, रबिशंकर पासवान, मिक्चेन तामाङ, रोहित चन्द, सुजल श्रेष्ठ, सन्तोष तामाङ, तेज तामाङ
फर्वाड : भरत खवास, नवयुग श्रेष्ठ, बिमल घर्ती मगर, अविशेक रिजाल