PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

प्रमाण नपुगेपछि छुटे रुप ज्योति, हिरासतबाट बाहिरिँदा भयो स्वागत

प्रमाण नपुगेपछि छुटे रुप ज्योति, हिरासतबाट बाहिरिँदा भयो स्वागत

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : व्यवसायी डाक्टर रुप ज्योति रिहा भएका छन्। पूर्व मन्त्रीसमेत रहेका उनीविरुद्ध मुद्दा नचल्ने सरकारी वकिलको कार्यालयले जनाएलगत्तै उनी रिहा भएका हुन्।

उनीसँगै उनकी छोरी सुरुची पनि रिहा भएकी छिन्।

उनीविरुद्ध मुद्दा नचल्ने देखिएको भन्दै सरकारी वकिल कार्यालयले रिहा गर्न महनगरीय प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको थियो।

'पर्याप्त प्रमाण नपुगेकाले रुप ज्योतिविरुद्ध मुद्दा चलाउन नमिल्ने भयो,' सरकारी वकिल कार्यालयका एक वकिलले भने। रुपज्योति हाजिरी जमानीमा छुटेका हुन्।



ट्रेन्डिङ पोस्ट

Ncell