PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

बंगलादेशका राष्ट्रपति स्वदेश फिर्ता



रासस

बंगलादेशका राष्ट्रपति स्वदेश फिर्ता

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चारदिने औपाचारिक सद्भावना भ्रमण पूरा गरी आज अपराह्न स्वदेश प्रस्थान गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा गत मंगलबार नेपाल भ्रमणमा आएका राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीले विदाई गरेकी थिइन्।

हमिदको विदाईमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामी दिएका थिए भने सातै प्रदेशको प्रतिनिधित्व हुने गरी कलाकारले गीतसङ्गीत र नृत्य प्रस्तुत गरेका थिए।        

नेपालमा रहँदा उनले भक्तपुर दरबार स्क्वायर क्षेत्रका साथै पोखराका पर्यटकीय क्षेत्रको स्थलगत अवलोकन भ्रमण गर्दै विभिन्न पर्यटकीय गतिविधिमा सहभागी भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell