PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

एभिसी सेन्ट्रल जोन वुमेन्स भलिबलमा च्याम्पियन नेपाली टोली स्वदेश फिर्ता, सरकारले जनही ३/३ लाख दिने



पहिलोपोस्ट

एभिसी सेन्ट्रल जोन वुमेन्स भलिबलमा च्याम्पियन नेपाली टोली स्वदेश फिर्ता, सरकारले जनही ३/३ लाख दिने

काठमाडौं : बंगलादेशको ढाकामा सम्पन्न एभिसी सेन्ट्रलजोन वुमेन्स भलिबलमा च्याम्पियन बनेको नेपाली महिला भलिबल टोली आज नेपाल फर्किएको छ।

नेपाली टोलीलाई स्वागत गर्न आज राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल, उपाध्यक्ष पिताम्बर तिमल्सिना, भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, महासचिव जितेन्द्रबहादुर चन्दलगायतले स्वागत गरेका थिए। प्रतियोगितामा नेपाली टोलीले फाइनललगायत सबै खेलहरुमा सोझो सेटमा जित निकालेको थियो। नेपालले फाइनलमा माल्दिभ्सलाई हराएको हो।

च्याम्पियन बनेको नेपाली टोलीलाई सरकारले जनही ३/३ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ। नेपालले जितेको यो ऐतिहासिक उपाधि हो। यसअघि नेपालले महिला भलिबलमा स्वर्णपदक ल्याउन सकेको थिएन।

यसअघि नेपाली महिला भलिबल टोलीले सबैभन्दा ठूलो उपाधि २०१४ मा दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा पाएको रजत पदक थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell