PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा सूर्य थापा नियुक्त



पहिलोपोस्ट

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा सूर्य थापा नियुक्त

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापा नियुक्त भएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो। प्रधानमन्त्रीको प्रेस सल्लाहकारका रुपमा कार्यरत डा कुन्दन अर्यालले दिएको राजीनामा स्वीकृत गर्दै थापालाई नियुक्त गरिएको हो।

नेता थापाले यसअघि तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको पनि प्रेस सल्लाहकारको रुपमा आफ्नो जिम्मेवारी निर्वाह गरिसकेका छन्। नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका थापा नवयुग, बुधबार साप्ताहिकको पूर्व सम्पादकसमेत हुन्। थापाका विभिन्न पुस्तकसमेत प्रकाशित छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell