PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

बसको ठक्करबाट एक जनाको मृत्यु



रासस

बसको ठक्करबाट एक जनाको मृत्यु

धनुषा : बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा जनकपुर–११ का ४१ वर्षीय गोविन्द साह रहेका छन्।

लक्ष्मीनिया गाउँपालिका–६ निकाल सडकखण्डमा जनकपुरबाट विराटनगरतर्फ जाँदै गरेको ना ७ ख ३६९३ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ज ९ प ५४६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार साहको मृत्यु भएको प्रहरी प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए। उनको उपचारका क्रममा मृत्यु भएको हो।

घाइते भएका धिरेश साहको उपचार भइरहेको छ। बस चालकलाई महेन्द्रनगर इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell