PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

आलमलाई थुनामा पठाउने आदेशमा के छ? पढ्नुस् पूर्णपाठ



पहिलोपोस्ट

आलमलाई थुनामा पठाउने आदेशमा के छ? पढ्नुस् पूर्णपाठ

काठमाडौँः पूर्वमन्त्री मोहम्मद अफताब आलम ०६४ को बम विस्फोटसम्बन्धी एक मुद्दामा पुर्पक्षका लागि थुनामा पुगेका छन्। १२ वर्ष पुरानो मुद्दा अनुसन्धानका लागि सर्वोच्चले जारी गरेको परमादेश कार्यान्वयनका क्रममा अफताब पक्राउ परेका थिए। लामो अनुसन्धानपछि कात्तिक १८ गते मुद्दा दायर भएको थियो।

एक साताको थुनछेक बहसपछि शुक्रबार आलमलाई थुनामै राखेर मुद्दाको बाँकी प्रक्रिया अघि बढाउन जिल्ला अदालत रौतहटले आदेश दिएको हो।

जिल्ला अदालतले पीडितको जाहेरी, साक्षीको बयान, घटनास्थलबाट तत्कालीन अवस्थामा प्राप्त गरेका सबुद् तथा आलमको बयान समेतका आधारमा थुनामा पठाउने आदेश गरेको हो। अब आलमले जिल्ला अदालतको पुर्पक्षको आदेशमा चित्त नबुझे एक तह माथिल्लो अदालतमा निवेदन दिन पाउनेछन्। चित्त बुझाएमा जिल्ला अदालतकै अन्तिम फैसला कुनुपर्नेछ।

के छ जिल्ला अदालतको आदेशमा?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell