PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

एसिसी इमर्जिङ टिम्स एसिया कप : हङकङविरूद्ध ब्याटिङ गर्दै नेपाल



पहिलोपोस्ट

एसिसी इमर्जिङ टिम्स एसिया कप : हङकङविरूद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं : बंगलादेशमा जारी एसिसी इमर्जिङ कपमा नेपालले आज हङकङसँग खेल्दै छ। टस जितेको हङकङले नेपाललाई ब्याटिङको निम्ता दिएको छ।

पहिलो खेलमा भारतसँग ७ विकेटले पराजित भएको नेपाल आजको दोस्रो खेलमा जित्नै पर्ने दबाबमा छ। 

यता हङकङ पनि पहिलो जित निकाल्ने लक्ष्यका साथ उत्रिएको छ। पहिलो खेलमा हङकङ बंगलादेशसँग ९ विकेटले पराजित भएको थियो।
नेपाल प्रतियोगिताको समूह 'बी' मा रहेको छ। समूह 'बी' मा नेपालसँगै भारत, बंगलादेश र हङकङ छन्।

त्यस्तै समूह 'ए' मा श्रीलंका, पाकिस्तान, ओमान र अफगानिस्तान रहेका छन्। टेस्ट राष्ट्रका भने यू-२३ टिम प्रतियोगितामा सहभागी छन्।
नेपालले मङ्सिर २ गते बंगलादेशसँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell