PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु



रासस

हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

चितवन : माडी ठोरी हुलाकी सडकमा आज बिहान हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय माडीका प्रमुख प्रहरी निरीक्षक हर्क विश्वकर्माका अनुसार माडी नगरपालिका वडा नम्बर ९ पुरानो अम्बुबा पोष्ट नजिकै देउराली ओरालोमा बच्चासहितको हात्तीको बथानले आक्रमण गरेको हो।

मृत्यु हुनेमा माडी नगरपालिका वडा नम्बर १ बरुवाका ६० वर्षीय बाबुराम पौडेल र उनका छोरा ३५ वर्षीय राजु पौडेल रहेका छन्। दुवै जना लु ३१ प २९११ नम्बरको मोटरसाइकलमा निकुञ्जको बाटो हुँदै माडीबाट बाँदरझुलातर्फ जाँदै गर्दा घटना भएको हो।

हात्ती देखेपछि मोटरसाइकल रोकेर भाग्ने क्रममा हात्तीले आक्रमण गरेको प्रहरी निरीक्षक विश्वकर्माले जानकारी दिए। घटना आज बिहान ७ः३० बजेको भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell