PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

सत्तामा हुँदा पनि कालापानीको विषय उठाएकै हुँ : सभापति देउवा



रासस

सत्तामा हुँदा पनि कालापानीको विषय उठाएकै हुँ : सभापति देउवा
फाइल फोटो।

भीमदत्तनगर : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू सत्तामा रहँदा कालापानीको विषय जोडदाररूपमा उठाएको बताएका छन्।

कञ्चनपुरको महेन्द्रनगरमा आज आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले वर्तमान सरकारले लिपुलेक, कालापानीलगायत सीमा अतिक्रमणका विषय शसक्त रुपमा उठान नगरेको आरोप लगाए।

'कालापानी नेपालको भू–भाग हो', उनले भने, 'मैले बेला–बेला कालापानीको विषय उठाउँदै आएको छु।'

महाकाली सन्धीमा महाकाली नदी सीमा नदी उल्लेख गरिएको दाबी गर्दै उनले महाकालीको पानी पनि आधा–आधा हुने सन्धीमै स्पष्ट रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell