PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

गोठभित्र भेटियो विप्लव समूहले लुकाएको पाँच थान एसएमजी राइफल

गोठभित्र भेटियो विप्लव समूहले लुकाएको पाँच थान एसएमजी राइफल

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : प्रहरीले अत्याधुनिक हतियार एसएमजी फेला पारेको छ।

पाँच नम्बर प्रदेश प्रहरी, जिल्ला प्रहरी कार्यालय दाङ लगायतको संयुक्त टोलीले शुक्रवार लुकाइरहेको अवस्थामा पाँच थान एसएमजी राइफल बरामद गरेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले बरामद गरेको एसएमजी राइफल नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले दाङको गढवा गाउँपालिका र कपिलवस्तुको शिवनगर नगरपालिकाको सिमामा पर्ने गोठ भित्र सुटकेशभित्र राति झारपातले छोपी राखेको अवस्थामा फेला पारेको प्रहरीले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ।

उनीहरुले गोठबाट हतियार अन्यत्र लैजान लागेको अनुसन्धानमा देखिएको छ। तर कुन ठाँउमा र के प्रयोजनका लागि लगिन लागेको हो भन्ने नखुलेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले एसएमजीमा लाग्ने म्यागजिन १३ थान र ३ सय ९० गोली समेत बरामद गरेको हो।



ट्रेन्डिङ पोस्ट

Ncell