PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

भुटान उड्ने अघिल्लो रात ठमेलको रमझमले यसरी डुबायो चार खेलाडीलाई, सुभाषलाई चिठ्ठा



पहिलोपोस्ट

भुटान उड्ने अघिल्लो रात ठमेलको रमझमले यसरी डुबायो चार खेलाडीलाई, सुभाषलाई चिठ्ठा
भुटान हिँडेको टोली। फोटो : पत्रकार गोविन्दराज नेपालको फेसबुकबाट

काठमाडौं : अखिल नेपाल फूटबल संघ (एन्फा)ले राष्ट्रिय टिमका चार जना खेलाडीलाई कारबाही गरेको छ।

एन्फाले स्ट्राइकर विमल घर्ती मगर, अञ्जान विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशीलाई कारबाही गर्दै हटाएको हो ।

अनुशासन विपरीत कार्य गरेको भन्दै एन्फाले उनीहरुलाई केही समयका लागि राष्ट्रिय टिमबाट निलम्बन गरेको हो। चारै जना उनीहरु शुक्रवार राति ठमेलको एक नाइट क्लवमा फेला परेका थिए।

'उहाँहरुले अनुशासन विपरीत काम गर्नुभएको छ। त्यसैले कारबाही गरेका हौं,' एन्फाका प्रवक्ता किरण राईले भने।

नेपाली फूटबल टिम आज कुवेतविरुद्ध खेल खेल्न भुटान जाने कार्यक्रम थियो। आगामी मंगलवार कुवेत विरुद्ध नेपालले खेल्दै छ। दशरथ रंगशाला निर्माण भइनसकेकाले होम र अवेमध्येको होम गेम खेल्नका लागि भुटान जाने उनीहरुको तयारी थियो।

चार जना बाहेक नेपाली टिम भुटान प्रस्थान गरिसकेको छ। प्रवक्ता राईलेले सुभाष गुरुङलाई टिममा थप गरिएको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell