PahiloPost

Jun 18, 2025 | ४ असार २०८२

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु



रासस

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

काठमाडौं : काठमाडौं महानगरपालिका-३१ नयाँ बानेश्वरस्थित सडकमा बा ९१ प १७६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका चालक बाजुरा दहकोटका ३२ वर्षीय गोकुलबहादुर रोकायाको नागरिक अस्पताल मिनभवनमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार उदयपुरका १९ वर्षीय प्रदीप मगरको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell