A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.69980518dc7de8.60511370): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.69980518dc7de8.60511370,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.69980518dcd365.01685921): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.69980518dcd365.01685921,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

दैलेखमा पेट्रोलियम पदार्थ खोज्न ‘साइस्मिक’ सर्भे शुरु, चार वटा टोलीले चरणवद्ध अन्वेषण गर्ने
PahiloPost

Feb 20, 2026 | ८ फागुन २०८२

दैलेखमा पेट्रोलियम पदार्थ खोज्न ‘साइस्मिक’ सर्भे शुरु, चार वटा टोलीले चरणवद्ध अन्वेषण गर्ने



पी बी खड्का

दैलेखमा पेट्रोलियम पदार्थ खोज्न ‘साइस्मिक’ सर्भे शुरु, चार वटा टोलीले चरणवद्ध अन्वेषण गर्ने

सुर्खेत : लामो समयदेखि चर्चामा रहेको दैलेखको पञ्चकोशी क्षेत्रस्थित पेट्रोलियम पदार्थको अन्वेषणको काम अघि बढेको छ। प्राविधिक सहितको चिनियाँ टोलीले अबको तीन महिना जिल्लामै बसेर विस्तृत अन्वेषणको काम अघि बढाउने भएको हो।

टोलीले यसअघि प्रारम्भिक चरणको अध्ययन गरेको थियो भने विस्तृत अन्वेषणका लागि अहिले दैलेखको डुंगेश्वर गाउँपालिका र दुल्लु नगरपालिकामा आवश्यक बन्दोवस्त गरिरहेको छ। उक्त अन्वेषण कार्यका लागि कामदार र प्राविधिक बस्ने क्याम्प नै खडा गरी काम अघि बढाइएको छ।

चिनियाँ प्राविधिक टोलीले पेट्रोलियम पदार्थको बढी सम्भावना रहेको शिरिस्थान, नाभिस्थान, धुलेश्वर, पादुका लगायतका क्षेत्रलाई लक्षित गरी विस्तृत अन्वेषणको काम थाल्ने खानी तथा भूगर्भ विभागका भूगर्भविद् गणेश त्रिपाठीले बताए। सम्भावित क्षेत्रमा अन्वेषणको 'साइस्मिक सर्भे' सुरु गर्नकै लागि चार वटा प्राविधिक टोली र अन्वेषणका लागि आवश्यक ड्रिल मेसिनसमेत दैलेख पुगिसकेको छ।

अन्वेषणको काम चार चरणमा हुने हुदाँ पहिलो टोलीले सर्भे गर्ने र आवश्यक पर्ने नक्सा तयार गर्ने जनाइएको छ। अन्वेषणको दोस्रो टोलीले 'जिओलोजिकल सर्भे' गर्ने र जमिनको सतहमुनिको अवस्थाका विषयमा अध्ययन अनुसन्धान गर्ने छ। त्यस्तै तेस्रो टोलीले अन्वेषणका लागि आवश्यक पर्ने औजार, सामग्री मगाउने छ भने चौथो टोलीले जमिनमुनिको सतह कस्तो अवस्थामा छ भनेर 'साइस्मिक सर्भे' गर्ने जनाइएको छ।

अन्वेषणका क्रममा अनुसन्धान टोलीले ग्यास तथा पेट्रोलियम पदार्थ भएको जमिनमुनि करिव ५ देखि २० किलोमिटरसम्म अध्ययन गर्ने जनाइएको छ। अन्वेषण कामदारको सहयोगमा प्राविधिक तथा विशेषज्ञहरुले चट्टान हेरेर जमिनमुनिको अवस्थाबारे एमआरआई जस्तो सर्भे गर्ने भूगर्भ विभागले जनाएको छ। अन्वेषणमा जमिनमुनि स–साना कम्पनको तरंग पठाएर ड्रिलिङ हुनेछ। जसले भण्डारण कति छ, कहाँसम्म फैलिएको छ, कहाँबाट निकाल्न मिल्छ आदि कुराहरु पत्ता लगाइने खानी तथा भूगर्भ विभागले जनाएको छ।

विभागका अनुसार अबको एक वर्षभित्र अन्वेषणको काम सकिने छ। उक्त विस्तृत अन्वेषणको काम सकिएपछि त्यस क्षेत्रमा पेट्रोलियम पदार्थ भए नभएको टुंगो लाग्ने छ। पेट्रोलियम पदार्थको अन्वेषणका लागि सो क्षेत्रमा हाल ४० जनाभन्दा बढी चिनियाँ प्राविधिकहरू काममा खटिएका छन्। चिनियाँ टोलीसँगै ६० जना बढी स्थानीय कामदारले काम गर्ने छन्। यसअघि नै पेट्रोलियम पदार्थ अन्वेषणको 'साइस्मिक सर्भे'का लागि दक्ष तथा अदक्ष कामदार गरी ८३ जना कामदार माग गरिइसकेको छ।

नेपाल सरकारले विभिन्न स्थानमा खनिज पदार्थ सर्वेक्षणका लागि अनुमतिपत्र दिएको छ। त्यसमध्ये दैलेख पनि एक हो। नेपाल सरकार खानी तथा भूगर्भ विभाग र चीन सरकारको 'चाइना जिओलोजिकल सर्भे' कम्पनीबीच पेट्रोलियम पदार्थ अन्वेषणको सम्झौता भएको थियो।

'चाइना जिओलोजिकल सर्भे' र नेपाल सरकारको खानी तथा भूगर्भ विभाग बीच पेट्रोलियम पदार्थ अन्वेषण गर्न २ अर्ब ४० करोडमा सम्झौता भएको हो। चाइना जिओलोजिकल सर्भेको टोलीको नेतृत्व वरिष्ठ भूगर्भविद् ट्यान फुएनले गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell