PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

ओली सरकार लम्पसारवादी : देउवा



एम बम

ओली सरकार लम्पसारवादी : देउवा

कैलाली: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले सीमा विवादका विषयमा केही पहल गर्न नसको बताएका छन्। आज धनगढीमा आयोजित नेपाल महिला संघको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै देउवाले यस्तो बताएका हुन्। सीमा विवादका विषयमा समस्या सुल्झाउनुको सट्टा सरकार भारतीय लम्पसारवादतर्फ लागेको देउवाको आरोप छ।
 
'लिपुलेक त्रिदेशीय विन्दु हो,' देउवाले भने, 'त्यसको उत्तरमा चीन, पश्चिमा भारत र दक्षिणतर्फको भूमि नेपालको हो। त्यसलाई भारतको भन्न मिल्दैन। यसमा सरकारले पहल गर्नुपर्ने हो। तर सरकार केही बोल्दै बोल्दैन। सरकाले केही गर्नै सकेन।' देउवाले अगाडि थपे, 'बरु हामी बोलिरहेका छौँ। सरकार त केही बोल्दै बोल्दैन। सीमा समस्या समाधान गर्नुको सट्टा सरकार भारत तर्फ लम्पसारवादी भएको छ। यो सरकारको लम्पसारवाद हो।'

देउवाले आफू प्रधानमन्त्री भएको बेला गरिएको महाकाली सन्धीमा महाकाली नदीलाई सिमाना मान्ने सम्झौता भएकोसमेत स्मरण गराए। 'त्यो नदीलाई सिमाना मान्ने  र महाकालीको पानी आधा आधा हो भन्ने त्येतिबेला सहमति भएको हो,' देउवाले भने।
 
उनले मुलुकमा भ्रष्टाचार, कर वृद्धि र अनियमितता बढेको भन्दै त्यसमा महिला सशक्तीकरणको आवश्यकता रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell