PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

पार्टी भित्रको गुट/उपगुट अन्त्य गर्नुपर्छ : उपसभापति गच्छदार



रासस

पार्टी भित्रको गुट/उपगुट अन्त्य गर्नुपर्छ : उपसभापति गच्छदार
फाइल फोटो।

इनरुवा : नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले पार्टी भित्रको गुट/उपगुट अन्त्य गर्नुपर्ने बताएका छन्। उनले गुट/उपगुट अन्त्यका लागि आफूले भूमिका निर्वाह गर्ने उल्लेख गरे।

सुनसरीको इटहरी उपमहानगरपालिका–३ मा आज आयोजित कार्यकर्ता भेलामा नेता गच्छदारले आफू पार्टीभित्र कुनै गुटको राजनीतिमा नलाग्ने प्रतिबद्धता व्यक्त गरे। उनले अहिले पार्टीमा रहेको गुट/उपगुटलाई मिलाउनका लागि आफूले सक्दो पहल गरिरहेको बताए। वर्तमान सरकारबाट जनता आजित भएको उपसभापति  गच्छदारको भनाइ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell