PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

हात्तीको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई क्षतिपुर्ति दिन अध्यक्ष दाहालको आग्रह



रासस

हात्तीको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई क्षतिपुर्ति दिन अध्यक्ष दाहालको आग्रह

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जंगली हात्तीको आक्रमणबाट चितवनका बाबुराम पौडेल र राजु पौडेलको मृत्यु भएको खबरले आफू अत्यन्त मर्माहत भएको बताएका छन्।

उनले मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्। जंगली हात्तीको आक्रमणबाट आज चितवनको माडी नगरपालिका–१ बरुवाका ६५ वर्षीय बाबुराम र उनका ३५ वर्षीय छोरा राजुको मृत्यु भएको थियो। पूर्वप्रधानमन्त्री दाहालले मृतक परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग आग्रहसमेत गरेका छन्।

चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट पटकपटक भइरहेको धनजनको क्षतिप्रति गम्भीर ध्यानाकर्षण गराउँदै उनले यसप्रकारका घटना दोहोरिन नदिन र जनताको जनधनको सुरक्षा गर्न सम्बन्धित पक्षसँग आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell