PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

'साग'मा हामीले धेरै पदक जित्छौँ : खेलकुद मन्त्री



विष्णु गौतम

'साग'मा हामीले धेरै पदक जित्छौँ : खेलकुद मन्त्री

पोखरा : युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले पोखरा रंगशालाको अवलोकन तथा निरीक्षण गरेको छन्। निरीक्षणका क्रममा मन्त्री विश्वकर्माले दक्षिण एसियाली खेलकुद (साग)को लागि रंगशाला तयार हुनेमा आफू विश्वस्त रहेको बताएका छन्।

मन्त्री विश्वकर्माले अघिल्लो सरकारले सागका लागि पुर्वाधार निर्माण नगरेको आरोप लगाए। पोखरामा आयोजित पत्रकार सम्मेलनमा मन्त्री विश्वकर्माले साग समयमा नै हुनेमा भने आफू ढुक्क रहेको बताए।

मन्त्री विश्वकर्माले पोखरा रंगशालाको आधा भागमा मरेको दुबो परिवर्तन गरिने समेत बताएका छन्। १३ औँ साग आगामी मंसिर १५ गतेबाट काठमाडौं र पोखरामा सञ्चालन हुँदैछ।

विभिन्न खेलको बन्द प्रशिक्षणमा लागि पोखरा आएका खेलाडी तथा प्रशिक्षकहरुले पुर्वाधार अभावमा खेलको अभ्यास गरिरहेको बताएका छन्। प्रत्येक २ बर्षमा आयोजना हुनु पर्ने साग पूर्वाधार अभावमा पटक पटक सार्नु परको मन्त्री विश्वकर्मा स्वीकार्छन्। पछिल्ला डेढ वर्षमा पूर्वाधारका कामहरु धमाधम भएका छन्। तर हतार हतार गरिएको पुर्वाधार निर्माणको काम भने प्रभावकारी नदेखिएको खेलकर्मीहरुको भनाइ रहेको छ।

गत फागुनमा मन्त्री आफैँले पोखरा रंगशालाको शिलान्यास गरेका थिए।

सागका लागि नेपाली खेलाडीहरु अनुभवी भएको उनको दाबी छ। सागमा नेपालले धेरै पदक जित्ने उनले विश्वास व्यक्त गरे।

मन्त्री विश्वकर्मा भन्छन्, 'देशका ख्यातिप्राप्त प्रशिक्षकदेखि विदेशी प्रशिक्षकले प्रशिक्षण दिइरहेका छन्, त्यसैले पदक हामीले धेरै नै जित्छौँ।'

पोखरामा बक्सिङ, महिला फुटबल, ह्याण्डबल र आचरी लगायतका आठ खेल हुने जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell