PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

टी १० लिग: कर्नाटकाको जितमा सन्दीपको एक विकेट



पहिलोपोस्ट

टी १० लिग: कर्नाटकाको जितमा सन्दीपको एक विकेट

युएईमा जारी टी १० लिगमा नेपाली लेग स्पीनर सन्दीप लामिछाने आबद्ध कर्नाटका टसकर्सले पहिलो जित निकालेको छ। गएराति भएको खेलमा कर्नाटका १९ रनले विजयी भएको हो।

खेलमा सन्दीपले २ ओभर बलिङ गर्दै १ विकेट लिएर १९ रन दिएका थिए। टसहारेर ब्याटिङमा उत्रिएको कर्नाटकाले निर्धारित १० ओभरमा ५ विकेट गुमाउँदै ११० रन बनाएको थियो।

जवाफी ब्याटिङमा उत्रिएको दिल्ली बुल्सले निर्धारित १० ओभरमा ८ विकेट गुमाउँदै ९१ रनमात्र बनाउन सफल भयो।

लिगमा नेपाली क्रिकेट टोली पूर्व कप्तान पारस खड्का पनि अबुधावीबाट सहभागी छन्। उनले आफ्नो पहिलो खेलमा ३ बलमा ३ रन बनाउँदै अभिजित रहेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell