PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

युरोकप क्वालिफायर्स : क्रोएसियाको उत्कृस्ट पुनरागमन, जर्मनीको फराकिलो जित



पहिलोपोस्ट

युरोकप क्वालिफायर्स : क्रोएसियाको उत्कृस्ट पुनरागमन, जर्मनीको फराकिलो जित

युरोकप क्वालिफायर्सको गएराति भएको खेलमा क्रोएसियाले स्लोभाकियामाथि ३–१ को जित हात पारेको छ।

खेलको ३२ औं मिनेटमा बोजेनिकको गोलसँगै पछि परेको क्रोएसिया पहिलो हाफमा १–० ले पछि रह्यो। तर, दोस्रो हाफमा भने पुनरागमन गर्न सफल भयो। खेलको ५६ औं मिनेटमा भ्लासिकले गोल गर्दै खेल बराबरीमा ल्याए। फेरि ६० औं मिनेटमा पेटकोभिकले गोल गर्दा क्रोएसियाले अग्रता बनायो। त्यस्तै पेरिसिकले ७४ औं मिनेटमा गोल थप्दा क्रोएसियाले ३–१ को जित निकाल्न सफल भयो।

त्यस्तै गएराति नै भएको अर्को खेलमा जर्मनीले बेलारुसमाथि ४–० को सहज जित हात पार्‍यो। पहिलो हाफमा १ गोलले अघि रहेको जर्मनीले दोस्रो हाफमा ३ गोल थप्यो। जर्मनीका लागि क्रुसले २ गोल गरे।

खेलको ४१ औं मिनेटमा जिन्टरले गोल गरेसँगै जर्मनीले अग्रता बनाएको थियो। ४९ मिनेटमा गोरेटज्काले अर्को गोल थपे। त्यसपछि क्रुसले ५५ र ८५ औं मिनेटमा गोल गर्दा जर्मनीले ४–० को सहज जित निकाल्न सफल रह्यो।

जितसँगै क्रोएसिया र जर्मनी दुवै युरोकपमा छनोट भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell