PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

यसवर्ष पनि व्यक्तिगत कर तिर्ने पहिलो नम्बरमा सिद्धार्थ राणा, व्यवसायी प्रतिष्ठानमा सूर्य नेपाल

यसवर्ष पनि व्यक्तिगत कर तिर्ने पहिलो नम्बरमा सिद्धार्थ राणा, व्यवसायी प्रतिष्ठानमा सूर्य नेपाल

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौः आन्तरिक राजश्व विभागले सबैभन्दा धेरै कर तिर्ने ब्यवसायी तथा प्रतिष्ठानहरुलाई सम्मान गरेको छ।

विभागले सर्वाधिक कर तिर्ने सुर्य नेपाल प्रालिलाई सम्मान गरेको छ। दोस्रोमा सबैभन्दा बढि कर डाबर नेपाल प्रालि, तेस्रोमा जगदम्बा प्रालि, चौथोमा राष्ट्रिय बाणिज्य बैंक छन्।

यसैगरी वर्डलिङ्क, बीमातर्फ नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, ब्यापारतर्फ अग्नि इन्टरप्राईजेज, पर्यटनतर्फ तारागाउँ रिजेन्सी सम्मानित भएको छन्।

मध्यमस्तरीय कर दाता सबैभन्दा धेरै कर तिर्ने कामाना बिकास बैंक छ।

व्यक्तिगततर्फ बढि कर तिर्नेमा सिद्धार्थ राणा छन्। राणा गतवर्ष पनि धेरै कर तिर्ने व्यक्तिमा सम्मानित भएका थिए। आन्तरिक करतर्फ घोराही सिमेन्ट सम्मानित भएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell