PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

स्कुटर दुर्घटनामा युवतीको मृत्यु



रासस

स्कुटर दुर्घटनामा युवतीको मृत्यु

बनेपा : काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ डालाबेँसीस्थित बिपी राजमार्गमा स्कुटर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको  छ।

मुत्यु हुनेमा स्कुटरको पछाडि सवार कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका–६ घर भई हाल पुरानो बानेश्वर काठमाडौं बस्ने १९ वर्षीया अनुपमाकुमारी राउत रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ९८ प ७५८२ नम्बरको स्कुटर खाल्टो छलाउने क्रममा आफैँ अनियन्त्रित भई शनिवार दुर्घटना हुँदा स्कुटरमा सवार दुई जना घाइते भएका थिए।घाइतेद्वयको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचारपश्चात थप उपचारका लागि नर्भिक अस्पताल काठमाडौं पठाएकोमा उपचारका क्रममा आज बिहान ३ः०० बजेतिर राउतको मृत्यु भएको हो।

सो दुर्घटनामा परी घाइते भएका स्कुटर चालक रामेछाप मन्थली नगरपालिका–९ घर भई हाल मध्यबनेश्वर काठमाडौं बस्ने अन्दाजी २२ वर्षीय गोपाल बोहराको दाहिने हातको औँला र बायाँ खुट्टामा चोट लागेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell