PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

नेपाली भूमिबाट भारतीय सेना तुरुन्त फिर्ता लान प्रधानमन्त्री ओलीको आग्रह, 'एक इन्च नेपाली भूमि मिच्न दिनेछैनौं'



पहिलोपोस्ट

नेपाली भूमिबाट भारतीय सेना तुरुन्त फिर्ता लान प्रधानमन्त्री ओलीको आग्रह, 'एक इन्च नेपाली भूमि मिच्न दिनेछैनौं'

काठमाडौं: प्रधानमन्त्री केपी ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूमिबाट भारतीय सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को भातृ स‌ंगठन युवा संघले आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले सेना फिर्ता लैजान आग्रह गरेका हुन्।

त्यस्तै उनले भारतले अतिक्रमण गरेको नेपालको भूमि लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याइ छाड्ने दाबी समेत गरे। त्यस्तै उनले आफ्नो एक इन्च भ‍ूमि पनि मिच्न नदिने अडान दोहोर्‍याए।

प्रधानमन्त्रीले भने, 'सरकारले आफ्नो एक इन्च भूमि मिच्न दिदैन। अरुको  जमिन अतिक्रमण गर्नु पनि छैन। हाम्रो जमिनमा सेना नराख्नुस्।'

प्रधानमन्त्री ‌ओलीले संवादको माध्यमबाट समस्या समधान गरिने बताएका छन्। सरकारले फौज हटाउने र भूमि फिर्ता गर्ने दावी गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell