PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

सीमा अतिक्रमणविरुद्ध भारतीय दूतावासमा प्रदर्शन गर्न पुगेका नेविसंघका नेतालाई प्रहरीको लाठी र बुट

सीमा अतिक्रमणविरुद्ध भारतीय दूतावासमा प्रदर्शन गर्न पुगेका नेविसंघका नेतालाई प्रहरीको लाठी र बुट

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: सीमा अतिक्रमणको विरोध गर्न लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गर्न पुगेको नेविसंघ कार्यकर्तामाथि प्रहरीले लाठी र बुट प्रहार गरेको छ। कालो बेलुन र कालो ब्यानरसहित राष्ट्रिय झण्डामा प्रदर्शन गर्न पुगेका उनीहरुमाथि प्रहरीले बल प्रयोग गरी लाठी र बुट प्रहार गरेको हो।

प्रहरीले ६ जना विद्यार्थी नेतालाई पक्राउसमेत गरेको छ। उनीहरुलाई अपराधीलाई झैं हत्कडी लगाएर लगेको नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले आरोप लगाए।

विद्यार्थी नेताहरु कृष्ण पुडासैनी, नवराज त्रिपाठी, मनिष सिम्खडा, सरोज थापा, सन्तोष पाण्ड र दीपेश ओझा पक्राउ परेका हुन्। जसमध्ये पुडासैनी गम्भीर घाइते भएको काफ्लेले बताए।

भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा लिपुलेक, कालापानीलगायतका नेपाली भूमिलाई आफ्नो क्षेत्रमा पारेपछि नेविसंघले विरोध प्रदर्शन गर्दै आएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell