PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

हुन्डीको ३७ लाख रुपैयाँसहित भारतीय नागरिक कुलेश्वरबाट पक्राउ



पहिलोपोस्ट

हुन्डीको ३७ लाख रुपैयाँसहित भारतीय नागरिक कुलेश्वरबाट पक्राउ

काठमाडौः प्रहरीले हुण्डीको कारोबार गर्ने एक जनालाई नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी वृत कालिमाटीबाट खटिएको टोलीले आइतवार बिहान कुलेश्वर स्थित डेरा गरी बस्ने भारतीय नागरिक सत्यनारायण प्रसादलाई नियन्त्रणमा लिएको हो। सत्य नारायणको साथबाट ३६ लाख रुपैयाँ र विभिन्न बैंकको ३७ लाख ५ हजार रुपैयाँ बराबरको चेक र भारतीय रुपैयाँ १ लाख १९ हजार बरामद गरेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले थप अनुसन्धानको लागि राजस्व अनुसन्धान विभाग पठाएको छ। सामान्यतय १ लाख रुपैयाँको हुण्डी गरेवापत सेवाग्राहीबाट २ हजार रुपैयाँ लिन गरेको पाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell