PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

नेकपा प्रवास समन्वय कमिटीको नेतृत्व लाग्यो टुंगो : अध्यक्षमा युवराज चौलागाई, इन्चार्जमा विन्दा पाण्डे



कुञ्जरमणि भट्टराई

नेकपा प्रवास समन्वय कमिटीको नेतृत्व लाग्यो टुंगो : अध्यक्षमा युवराज चौलागाई, इन्चार्जमा विन्दा पाण्डे

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को प्रवास समन्वय कमिटीको नेतृत्व टुंगो लागेको छ। आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रवास समन्वय कमिटीको अध्यक्षमा युवराज चौलागाईलाई चयन गरेको छ।

त्यसैगरी कमिटीको सचिवमा श्रीप्रसाद शाह चयन भएका छन्। समन्वय समितिको इन्चार्जको जिम्मेवारी विन्दा पाण्डेले पाएकी छन् भने सहइन्चार्ज लक्ष्मण पन्त तोकिएका छन्।

नेकपाले यसअघि नै प्रवासमा पार्टी कमिटी नबनाउने निर्णय गरेको थियो।

प्रधानमन्त्री एकं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्क अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत सचिवालयका सदस्यहरु सहभागी भएको बैठकले उक्त निर्णय गरेको हो। आजको बैठकमा सचिवालयका एकजना सदस्य उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेल भने उपस्थित भएनन्। सरकारी निमन्त्रणामा उपप्रधानमन्त्री पोखरेल शनिबार युएई प्रस्थान गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell