PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

नेपाललाई हिन्दूराष्ट्र बनाएरै छाड्छौँ : अध्यक्ष जवरा



रासस

नेपाललाई हिन्दूराष्ट्र बनाएरै छाड्छौँ : अध्यक्ष जवरा

चितवन : राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपति शमशेर जबराले नेपाललाई हिन्दू राष्ट्र बनाएरै छाड्ने दाबी गरेका छन्। पार्टीको जनकपुर–लुम्बिनी धार्मिक यात्राको अवसरमा आज यहाँ आयोजित कोणसभामा उनले सनातन हिन्दू धर्मले मात्रै सम्पूर्ण मानवजातिको कल्याण गर्न सक्ने बताए।

विसं २०६२/६३ को जनआन्दोलनपछि चोरबाटोबाट देशलाई धर्मनिरपेक्ष घोषणा गरिएको दाबी अध्यक्ष राणाको थियो। पार्टीको धार्मिक यात्रामा देखिएको जनलहरबाट आफू उत्साहित भएको उनले बताए।

पार्टीका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले ८० प्रतिशत ओमकार समुदाय बसोबास गरेको देशलाई कुनै पनि दृष्टिले धर्मनिरपेक्ष भन्न नमिल्ने तर्क राखे। धार्मिक यात्राको क्रममा आम सर्वसाधारणको हिन्दू धर्मप्रतिको आकर्षण प्रष्ट देखिएको पाण्डेको धारणा थियो। भरतपुरमा भएको कोणसभा सकिएसँगै नारायणी नदीमा आरतीमा यात्राको समूह सहभागी भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell