PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

करणीको आरोप लागेपछि कार्यालय प्रमुख फरार



रासस

करणीको आरोप लागेपछि कार्यालय प्रमुख फरार
प्रतीकात्मक तस्वीर : womenslawproject.wordpress.com

सुर्खेत : यहाँका एक सरकारी कार्यालयका प्रमुखलाई जबरजस्ती करणीको आरोप लागेको छ। स्थानीय एक युवतीले वीरेन्द्रनगरस्थित साल्ट टेड्रिङ कर्पोरेशनका प्रमुख रामबाबु गुप्ताविरुद्ध जबरजस्ती करणीको आरोप लगाउँदै जाहेरी दर्ता गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जाहेरी दर्ता लगत्तै कार्यालय प्रमुख गुप्ता फरार रहेका छन्। गुप्ताले कार्यालयमै बोलाएर पटकपटक यौनशोषण गरेको ती युवतीको आरोप छ। प्रहरीले एक सातादेखि फरार गुप्ताको खोजी भइरहेको बताएको छ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज पन्तले युवतीको जाहेरीका आधारमा गुप्ताविरुद्ध जबरजस्ती करणीसम्बन्धी अभियोगमा मुद्दाको प्रक्रिया अघि बढाइएको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell