PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

एसिसी इमर्जिङ टिम्स एसिया कप : नेपाल बंगलादेशविरुद्ध ब्याटिङमा, ओपनिङमा राम्रो साझेदारी बन्दै



पहिलोपोस्ट

एसिसी इमर्जिङ टिम्स एसिया कप : नेपाल बंगलादेशविरुद्ध ब्याटिङमा, ओपनिङमा राम्रो साझेदारी बन्दै

बंगलादेशमा जारी एसिसी इमर्जिङ कपमा नेपालले आज आयाेजक बंगलादेशसँग खेल्दै छ। लगातार दुइ खेलमा जित निकालेको बंगलादेशले टस जितेर  नेपाललाई ब्याटिङको निम्ता दिएको छ।

पहिलो खेलमा भारतसँग ७ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा हङकङलाई ४० रनले हराएको थियो। यस अघिका दुवै खेलमा ओपनिङमा साझेदारी बन्न सकेको थिएन यद्‍यपि आजको खेलमा भने नेपालले राम्रो सुरुवात गरेको छ।

बंगलादेशले यसअघि हङकङ र भारत दुबैलाई हराएको थियो। नेपाल प्रतियोगिताको समूह 'बी' मा रहेको छ। समूह 'बी' मा नेपालसँगै भारत, बंगलादेश र हङकङ छन्।

त्यस्तै समूह 'ए' मा श्रीलंका, पाकिस्तान, ओमान र अफगानिस्तान रहेका छन्। टेस्ट राष्ट्रका भने यू-२३ टिम प्रतियोगितामा सहभागी छन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell