PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

एसिसी इमर्जिङ टिम्स एसिया कप : बंगलादेश विरुद्ध नेपालको कमजोर सुरुवात



पहिलोपोस्ट

एसिसी इमर्जिङ टिम्स एसिया कप : बंगलादेश विरुद्ध नेपालको कमजोर सुरुवात

बंगलादेशमा जारी एसिसी इमर्जिङ कपमा नेपालले बंगलादेशसँग खेलिरहेको छ। लगातार दुइ खेलमा जित निकालेको बंगलादेशले टस जितेर  नेपाललाई ब्याटिङको निम्ता दिएको छ।

पहिलो खेलमा भारतसँग ७ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा हङकङलाई ४० रनले हराएको थियो।

आजको खेलमा पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले ३३ रनको साझेदारी गरे पनि अरु विकेट नेपालले सस्तैमा गुमायो।

नेपालका लागि कप्तान मल्लले २२ रन, कुशल भुर्तेलले १० रन बनाउँदा हङकङसँग उत्कृष्ट अर्धशतकीय पारी खेलेका शरद भेषवाकर १ रनमै पभेलियन फर्किए। त्यस्तै दीपेन्द्रसिंह ऐरी पनि ६ रन बनाउदै आउट भए भने मोहम्मद आरिफ शेख २० दशमलव ४ ओभरमा ११ रन बनाउँदै पभेलियन फर्किए। त्यसलगत्तै आएका सन्दीप जोराले पनि रन जोडन सकेनन्। उनी २१ दशमलब ३ ओभरपमा आउट हुन पुगे।

१०० रन रन नपुग्दै ६ विकेट गुमाएको नेपाल थप दवावमा देखिएको छ।

बंगलादेशले यसअघि हङकङ र भारत दुबैलाई हराएको थियो। नेपाल प्रतियोगिताको समूह 'बी' मा रहेको छ। समूह 'बी' मा नेपालसँगै भारत, बंगलादेश र हङकङ छन्।

त्यस्तै समूह 'ए' मा श्रीलंका, पाकिस्तान, ओमान र अफगानिस्तान रहेका छन्। टेस्ट राष्ट्रका भने यू-२३ टिम प्रतियोगितामा सहभागी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell