PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

एसिसी इमर्जिङ टिम्स एसिया कप : नेपालको बंगलादेशलाई १३९ रनको लक्ष्य



पहिलोपोस्ट

एसिसी इमर्जिङ टिम्स एसिया कप : नेपालको बंगलादेशलाई १३९ रनको लक्ष्य

बंगलादेशमा जारी एसिसी इमर्जिङ कपमा नेपालले बंगलादेशलाई १३९ रनको लक्ष्य दिएको छ। लगातार दुई खेलमा जित निकालेको बंगलादेशले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएको थियो।

आजको खेलमा पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले ३३ रनको साझेदारी गरे।

नेपालका लागि कप्तान मल्लले २२ रन, कुशल भुर्तेलले १० रन बनाउँदा हङकङसँग उत्कृष्ट अर्धशतकीय पारी खेलेका शरद भेषवाकर १ रनमै पभेलियन फर्किए। त्यस्तै दीपेन्द्रसिंह ऐरी पनि ६ रन बनाउदै आउट भए भने मोहम्मद आरिफ शेख २० दशमलव ४ ओभरमा ११ रन बनाउँदै पभेलियन फर्किए। त्यसलगत्तै आएका सन्दीप जोराले रन जोडन सकेनन्। उनी २१ दशमलब ३ ओभरमा आउट हुन पुगे।

लगत्तै बिनोद भण्डारी पनि ८ रन बनाएर आउट भएसँगै नेपाल ८५ रन बनाएर ८ विकेट गुमाएको अवस्थामा थियो। त्यसपछि सोमपाल कामी र करण केसीले ५० रनको साझेदारी गरे। करण केसी १८ रन बनाउँदै आउट हुँदा सोमपाल कामीले सर्वाधिक ३८ रन बनाए। त्यस्तै सुशन भारी १ रनमा नटआउट रहे।

पहिलो खेलमा भारतसँग ७ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा हङकङलाई ४० रनले हराएको थियो।

बंगलादेश केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell