PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

१२ औं दक्षिण एसियाली फिल्म फेस्टिभल सम्पन्न, 'ब्यामबु स्टोरिज'लाई रामबहादुर ट्रफी



पहिलोपोस्ट

१२ औं दक्षिण एसियाली फिल्म फेस्टिभल सम्पन्न, 'ब्यामबु स्टोरिज'लाई रामबहादुर ट्रफी

१२ औं दक्षिण एसियाली फिल्म फेस्टिभल सम्पन्न भएको छ।  भारतीय निर्देशकले बनाएको 'पारिया डग' प्रदर्शनपछि आइतवार फेस्टिभल सम्पन्न भएको हो।

१४ नभेम्बरमा सुरु भएको फेस्टिभलमा ६३ डकुमेन्ट्री देखाइएको थियो। 

फेस्टिभलमा प्रदर्शन गरिएको डकुमेन्ट्रीहरु मध्ये 'ब्यामबु स्टोरिज'ले रामबहादुर ट्रफी हासिल गर्‍यो। बंगलादेशी निर्देशक साहिन दिल रियाजद्‍वारा निर्देशित फिल्मले दुई हजार अमेरिकी डलर पुरस्कार पायो।

यस्तै भारतीय निर्देशक अमित महान्तीले निर्देशन गरेको 'स्क्रयाचेस अन स्टोन' ले एक हजार अमेरिकी डलर नगद पुरस्कार सहित रनरर्स अप अवार्ड प्राप्त गर्‍यो।

सिमोने मिस्ट्रोनले निर्देशन गरेको 'आफटर प्रेयर्स'  ले तारेक मसुद' उत्कृष्त डेब्यु फिल्मको अवार्ड पाउँदा 'काबुल सिटी इन द विन्ड'ले युनिसेफ अवार्ड फर द वेस्ट फिल्म अन चिल्ड्रेन इस्युको अवार्ड प्राप्त गर्‍यो। दुवै फिल्मले एक हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्‍यो।

वेस्ट स्टुडेन्ट फिल्म अवार्ड भने भारतीय र नेपाली निर्देशकलाई संयुक्त रुपमा प्रदान गरिएको थियो। भारतकी इश्वरया ग्रोबरले निर्देशन गरेको 'मेमोरियर्स अफ साइरा एन्ड सलिम' र नेपालका आशिष लिम्बु र डेबिन राइले संयुक्त रुपमा ५०० अमेरिकी डलरको पुरस्कार प्राप्त गरेका हुन्।

आएसा अब्राहम, सिभामोनी सुमाथी र कुन्द दिक्षित रहेको जुरीले उत्कृष्ट फिल्म छनौट गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell