PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

प्रहरीलाई एक हजारको लोभ देखाउने दुई जड्याहा पक्राउ



पहिलोपोस्ट

प्रहरीलाई एक हजारको लोभ देखाउने दुई जड्याहा पक्राउ

काठमाडौं: प्रहरीलाई पैसाको लोभ देखाउने दुईजना पक्राउ परेका छन्। मादक पदार्थ सेवन गरी सवारी चलाएका दुईजनाले प्रहरीलाई नै आर्थिक प्रलोभनमा देखाएपछि पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरुमा कागेश्वरी मनहरा नगरपालिका-७ बस्ने दोलखा घर भएका २८ वर्षीय अनुप सुवेदी र कागेश्वरी मनहरा नगरपालिका-७ बस्ने २८ वर्षकै उमेश सुवेदी  हुन्। उनीहरुले काठमाडौं महानगरपालिका-३२ सनराइज चोकस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले दुवै जनालाई मादक पदार्थ सेवन गरी बा ९६ प ९३६६ र बा ८७ प ३२०४ नम्बरका मोटरसाइकल चलाएको अवस्थामा फेला पारी कारवाही गर्न खोज्दा उनीहरुले उक्त रकम प्रहरीलाई दिन खोजेका थिए। त्यसपछि रकम सहित प्रहरीले पक्राउ गरेको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell